अर्थ/वाणिज्यसमाचार

जागिर सँगसँगै कृषिमा रमाउँदै जय जंग शाह

बर्दिया ।
पुर्खाको ईच्छा, चाहानालाई निरन्तरता दिन जागिर सँगसँगै आफ्नै व्यवसायमा रमाइ रहेका जयस जंग शाह । बर्दिया मधुवन नगर पालिका वडा न. २ अम्बरपुर निवासी जयस जंग शाह एक उदाहरणीय पात्र हुन । मेडिकल कलेजको अधिकृत तहको जागिर सँगसँगै बंगुर र माछा पालनमा पनि उतिक्कै संघर्षरत छन ।


बा. बाजेको सम्पत्ति मध्येको चार बिगाहामा माछा पालन र एक बिगाहामा बंगुर पालनका लागि कर्म मल्टी एग्रो प्राइभेट लिमिटेड फर्म सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएका शाह जागिरको राम्रै तलव आएपनि जागिर सँगसँगै आफ्नो व्यवसायमा पनि उत्तिकै राम्रो रहेको शाह बताउनुहुन्छ । सुरुमा आट गरियो एकैपटक धेरै जग्गामा सुरुवात र लगानी गरियो अहिले यहीँ ठाउँ पनि सानो भएको अनुभव हुन्छ । करिब ४ बिगाहा जमिनको अट्ठार वटा माछा पोखरी बनाएर माछा पालन गर्दापनि माछाका लागि पोखरी नै थोरै भएको अनुभव सुनाउनुभयो ।

पुस्ताोैं देखि कृषि गर्दै आएपनि विगत ८/९ बर्षदेखि फर्म दर्ता गरी हालसम्म करोडौं लगानी लगाएर संचालन गरिरहेको छु । बुंगुरमा १ वटा वीर, १२ वटा माउ , ८ वटा पाठा पाठी र १२ माउका ५२ साना ३ महिना नपुगेका पाठापाठी गरि ७१ बुंगुर अनि माछामा ७ प्रजातिका माछा उत्पादन सँगसँगै पाल्दै आएको शाह बताउनुहुन्छ । पन्ध्र वटा ठुला पोखरी रहेको उनको फर्ममा ३ वटा पोखरी नर्सरीको रुपमा प्रयोग गरी भुराहरु हुर्काउदै आएको बताए । पोखरीको क्षमता अनुसार वार्षिक करिब एक सय क्विन्टल माछा उत्पादन हुनु पर्नेमा हाल करिब ७०/८० क्विन्टलसम्म उत्पादन गर्न सफल भएको शाहले बताए ।

शाहले फर्मका लागि दैनिक ५ जना कामदारलाई मार्षिक ज्यालादारीमा काममा राख्दै आएका छन् । शाहको दम्पती श्रीमान श्रीमति पनि हप्ताको दुई दिन शुक्रबार शनिबार र आइतबार बिहानसम्म निरन्तर फर्मको काममा खटिने गर्दछन भने आइतबारदेखि शुक्रबारसम्म आफ्नो जागिरको सिलसिलामा नेपालगन्ज बस्दै आउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button