समाचार

ऐतिहासिक खजुरा बनाउने लक्ष्य : १६ औं अधिवेशन

विभिन्न महत्वपुर्ण निर्णयहरु पारिद गर्दै खजुरा गाउँपालिका गाउँसभाको १६औं अधिवेशन सम्पन्न भएको छ ।


‘हामी आफैँ बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने नाराका साथ पुषको २५ गते गाउँसभा सुरु भएको थियो । आइतबार गाउँसभामा पेश भएका, कानुन, ऐन संशोधन तथा अर्धवार्षिक रुपमा भएमा योजनाहरुको कार्यप्रगतिको समीक्षा गर्दै गाउँसभा सम्पन्न भएको हो ।


गाउँपालिकाको विकासका लागि विभिन्न नयाँ योजना र केहि योजनाहरुलाई संशोधन गरी काम गर्ने निर्णय भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताए । उनले भने, ‘गाउँपालिकावासीले हामीलाई ५ वर्षको लागि काम गर्ने अवसर दिनु भएको छ । हाम्रा माझ अवसर र चुनौति दुबै छन् ।


खजुराको सम्रग विकासका लागि पालिकाले निजि क्षेत्रसँगको साझेदारी गरेर अगाडी बढन चाहन्छ । पालिकाले आफनो स्रोत र केहि महत्वपुर्ण योजना केन्द्र, प्रदेशको अनुदानमा सम्पन्न गर्नेछ । पाँच वर्षे र गौरवका योजनालाई हामी उच्च प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य सहित अगाडी बढेका छौं ।’


खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गरेकी थिइन । सभाले कार्यक्रमहरु संसोधन सहित पारित गरेको छ । खजुराले ऐन,कार्यिवधि, निर्देशिका पेश पारित तथा संसाेधन सम्बन्धी विधेयक २०८१ पारित गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button