अर्थ/वाणिज्यराजनीतिसमाचार

नीलसागर सेवा आश्रमलाई गोपाल नीना फाउन्डेसनको एक लाख एक रुपैयाँ सहयोग

नेपालगन्ज । सडकजीवन बिताउन बाध्य असहाय आमाबुवा तथा बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने उद्देश्यले अघि बढाइएको नीलसागर सेवा आश्रमको कैलाश भवन निर्माणार्थ गोपाल नीना फाउन्डेसन नेपालले रु. १ लाख १ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

खुला आकाशलाई छाना र धर्तीलाई बिछ्यौना बनाएर जीवन बिताउन विवश पूजनीय आमाबुवा तथा सहाराविहीन बालबालिकाहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको कैलाश भवनका लागि फाउन्डेसनले उक्त सहयोग प्रदान गरेको हो।

मानवीय सेवाको भावनासहित प्रदान गरिएको सहयोगले आश्रमको भवन निर्माण कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

यस पुण्य एवं मानवीय कार्यमा सहयोग पुर्‍याएकोमा डा. गोपाल श्रेष्ठ, डा. नीना श्रेष्ठ, डा. गौरव श्रेष्ठ तथा डा. तृप्ति पाल रमणप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।

गोपाल नीना फाउन्डेसन नेपालले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजमा रहेका असहाय, दुःखी तथा सहाराविहीन आमाबुवा र बालबालिकाको जीवनमा खुसी, आशा र सहारा प्रदान गर्नु सबैको साझा दायित्व भएको जनाएको छ।

फाउन्डेसनले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिँदै समाजका असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button