अर्थ/वाणिज्यसमाचार

बाँकेमा लागेका ठुला मेलाका कुनै लेखा जोखा भएनन्

हरेक बर्ष नेपालगन्जमा लाग्ने ठुला प्रादेशिक व्यापारीक मेलाहरु पछिल्लो समय विवादमा तानिदै आएका छन ।

बाँके नेपालगन्जको कोहलपुरमा नेपाल आदिवासी जनजाति महासंघ बाँकेको कोहलपुर नगर समन्वय परिषद्को आयोजनामा कोहलपुरको खुला मैदान परिसरमा पुस ९ गतेदेखि १७ गतेसम्म महोत्सव भव्यताका साथ सम्पन्न भयो तेस्तै नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा भएको प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ माघ १० गतेदेखि २२ गतेसम्म नेपालगंज उप महानगरपालिका–१८ सडक डिभिजन कार्यालय परिसरमा भव्यताका साथ सम्पन्न भएको थियोे ।

२०८१ असार मसान्त सकिदा पनि बाँके नेपालगन्जमा लागेका ठुला महोत्सवले आर्थिक हिसाबकिताब सार्वजनिक नभएको भन्दै पछिल्लो समय सामाजिक संजाल फेसबुकहरुमा प्रादेशिक मेलाको आर्थिक हिसाब स्वतन्त्र न्यायीक छानबिन गरि रकम कुन–कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण माग गर्दै पोष्ट गरेको पाइन्छ ।

तेस्तै महोत्सव सम्पन्न भएको वार्षिक मसान्त बितिसक्दा पनि दुबै आयोजक पक्षबाट कुनै आम्दानी खर्चको विवरण सार्वजनिक नगरिनुमा व्यापारीक मेलाको उदेश्य निर्णय सहि सदुपयोग नभएको मानिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button