अन्यराजनीतिसमाचार

चुनाव नजिकिँदै गर्दा चर्चामा आदित्य गुप्ता

सामाजिक कार्य गर्दै आफ्नो असल नेतृत्व क्षमता प्रस्तुत गर्नुभएका आदित्य गुप्ता असल युवा भनेर चिनिनुहुन्छ । युवा उमेरको सुरुवातबाट नै सामाजिक कार्य गर्न रुचाउने गुप्ताले नेपालगन्जका थुपै सामाजिक संस्थाको नेतृत्व सम्हाल्नुभएको छ ।

गुप्ताले नेतृत्व गर्दा संस्थामा कुनै प्रकार समस्या आउन नदिई संस्थाको उचाई बढाउने कार्य गर्नुभयो । जसले गर्दा नै सामाजका व्यक्तिहरुले उहाँलाई असल युवाको उपनामबाट चिन्ने गरेका हुन् । अहिले पनि उहाँ सफल ब्यासायी पनि हुनुहुन्छ ।

जहाँ पनि सफलता हासिल गर्न सक्रिय रहने गुप्ता नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा अघि सर्नुभएको छ । उहाँ आफुलाई संघको सदस्य पदमा अगाडी बढाउनुभएको छ । यससँगै सदस्य पदमा उहाँको नाम पनि चर्चामा रहेको छ ।

असल ब्यक्ति नै सामाजिक संस्थाको पदमा पुग्नुपर्छ भन्ने आम सर्वसाधारणको पनि चाहना हुन्छ भने त्यही चाहना पुरा गर्न युवाले पनि राम्रो कार्य गर्न सक्छन् भन्ने प्रमाणित गर्न अघि बढेको उहाँको भनाई छ ।

यता वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । व्यावसायिक क्षेत्रमा सक्रिय उहाँले उद्योगी तथा व्यवसायीहरूको हकहित, व्यापार प्रवर्द्धन र संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।

उहाँले व्यवसायीहरूका समस्यालाई संस्थागत रूपमा उठाएर समाधानका लागि पहल गर्ने, स्थानीय स्तरमा उद्योग र व्यापारको विकास गरी समृद्धिको आधार तयार पार्ने, संस्थाको सञ्चालनमा एकता, सहकार्य र पारदर्शिता कायम गर्ने, व्यावसायिक प्रणालीमा नवीन प्रविधि र डिजिटल रूपान्तरण भित्र्याउने रहेको गुप्ताले बताउनुभयो ।

संघको निर्वाचन आगामी भाद्र ६ गते शनिबार हुने भएको छ। युवा व्यवसायी गुप्ताको उम्मेदवारीसँगै नेपालगञ्जका उद्योगी तथा व्यवसायीहरूमा थप उत्साह र नयाँ नेतृत्वप्रतिको अपेक्षा बढेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button