राजनीतिसमाचार

व्यवसायसँगै समाजसेवा र नेतृत्वलाई अघि बढाउँदै महासचिवको दौडमा

नेपालगन्ज । व्यवसायसँगै सामाजिक सेवा, नेतृत्व र सकारात्मक सोचलाई आत्मसात् गर्दै अघि बढिरहेका युवा व्यवसायी विष्णु श्रेष्ठले आसन्न भदौ ६ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका छन्।

अध्ययनसँगै २०६५ सालदेखि व्यवसायिक क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले व्यवसायलाई केवल आफ्नो पेशाका रूपमा मात्र लिएनन्, समाज र समुदायप्रतिको जिम्मेवारीलाई समेत आफ्नो यात्राको महत्वपूर्ण हिस्सा बनाउँदै आएका छन्। नेपालगन्जको घरबारी टोलमा रहेको ‘दिपक सपिङ्ग कम्पलेक्स’ तथा ‘सुस्ता इम्पेक्स’ मार्फत व्यवसायिक क्षेत्रमा सक्रिय श्रेष्ठ सामाजिक तथा व्यवसायिक गतिविधिमा समेत निरन्तर क्रियाशील छन्।

“समाज परिवर्तनका लागि युवाको सक्रिय सहभागिता आवश्यक छ” भन्ने सोचका साथ गाउँ, टोलदेखि व्यवसायिक क्षेत्रसम्म विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आएका श्रेष्ठ बाँके र नेपालगन्जका विभिन्न संघ–संस्थामा जोडिँदै नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिसकेका छन्।

श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य हुन्। व्यवसायिक क्षेत्रका समस्या, चुनौती र व्यवसायीका आवश्यकतालाई नजिकबाट बुझेका श्रेष्ठ रेडिमेट तथा ब्याग व्यवसाय समिति, नेपालगन्जका पूर्व अध्यक्ष समेत हुन्।

त्यस्तै, उनले लियो क्लब अफ नेपालगन्जका पूर्व अध्यक्ष, लियो जिल्ला परिषद्का पूर्व अध्यक्ष, लायन्स क्लब अफ नेपालगन्ज बजारका पूर्व अध्यक्ष, जुमा स्पोर्ट्स क्लब नेपालगन्जका उपाध्यक्ष, प्युठानी युवा समाज बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ नेपालगन्ज नगर कमिटीका अध्यक्ष लगायतका जिम्मेवारी सम्हालिसकेका छन्।

विभिन्न संघ–संस्थामा रहेर काम गरेको लामो अनुभव, नेतृत्व क्षमता र व्यवसायिक क्षेत्रसँगको निरन्तर सम्बन्धलाई आफ्नो मुख्य आधार बनाउँदै श्रेष्ठले अबको यात्रा नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिवका रूपमा अघि बढाउन चाहेका छन्।

उनको उम्मेदवारीको मुख्य उद्देश्य व्यवसायीको आवाजलाई अझ सशक्त बनाउने, संघलाई थप सक्रिय र परिणाममुखी बनाउने तथा व्यवसायिक क्षेत्रको विकासमा युवाको नेतृत्व स्थापित गर्ने रहेको छ।

नेपालगन्जको व्यवसायिक क्षेत्रसँग लामो समयदेखि जोडिएका श्रेष्ठले आफूले प्राप्त गरेको अनुभव र सिकाइलाई संघमार्फत समग्र व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आसन्न भदौ ६ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदका उम्मेदवार श्रेष्ठले सम्पूर्ण मतदातासमक्ष आफ्नो अमूल्य मत प्रदान गरी सहयोग गरिदिन हार्दिक अपिल गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button