
नेपालगन्ज,
विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपालगन्जस्थित अन्नपूर्णा ग्यास्ट्रोकेयर हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने भएको छ।
‘स्वस्थ जीवनको लागि सचेत बनौं र अरूलाई पनि सचेत बनाऔं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम गोपाल-नीना फाउन्डेशनको विशेष सहयोगमा सञ्चालन हुन लागेको गोपाल नीना फाउन्डेसनका जनसम्पर्क अधिकृत विजयेन्द्र जी.सी ले बताएका छन ।
जीसीका अनुसार कार्यक्रमका मुख्य आकर्षण तथा सेवाहरू
सर्वसाधारणलाई कलेजो सम्बन्धी रोगबारे सचेत गराउन र प्रारम्भिक चरणमै सम्भावित जोखिम पहिचान गर्न निम्न सेवाहरू प्रदान गरिने हस्पिटलले जनाएको छ:
हेपाटाइटिस B र C को निःशुल्क परीक्षण: सर्वसाधारण नागरिकका लागि हेपाटाइटिस B र C को प्रारम्भिक स्क्रिनिङ पूर्ण रूपमा निःशुल्क गरिनेछ।
LFT जाँचमा ५०% छुट: कलेजोको अवस्था थाहा पाउन गरिने ‘लिभर फन्क्सन टेस्ट’ (LFT) मा ५० प्रतिशतको विशेष छुटको व्यवस्था गरिएको छ।
विज्ञ चिकित्सकबाट परामर्श: परीक्षण पश्चात वरिष्ठ तथा विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिनेछ।
सचेतनामूलक जानकारी: हेपाटाइटिस रोग लाग्ने कारण, यसका लक्षण र रोकथामका उपायबारे जनचेतना फैलाइनेछ।
मिति, समय र स्थान
मिति: २०८३ श्रावण १२ गते (२८ जुलाई २०२६)
समय: बिहान १०:०० बजेदेखि
स्थान: अन्नपूर्णा ग्यास्ट्रोकेयर हस्पिटल, गणेशमान चौक, नेपालगन्ज-१०
समयमै परीक्षण गरी लाभ लिन आग्रह
हेपाटाइटिस जस्तो गम्भीर रोगको समयमै पहिचान हुन सके उपचार सहज हुने भएकाले सर्वसाधारणलाई यस अवसरको फाइदा उठाउन आयोजकले आग्रह गरेका छन्।
अन्नपूर्णा ग्यास्ट्रोकेयर हस्पिटल र गोपाल-नीना फाउन्डेशनले नेपालगन्ज तथा आसपासका सम्पूर्ण क्षेत्रवासीलाई उपस्थित भई आफ्नो स्वास्थ्य जाँच गराउन र अरूलाई पनि सचेत गराउन अपिल गरेका छन्।






