
नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गर्दै सेफ्टी ज्याकेट सहयोग हस्तान्तरण गरिएको छ। सुरक्षाकर्मीको कार्यसम्पादनलाई अझ सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोग कार्यक्रमको संयोजन श्री नबिन खड्का (योगेश मेसिनरी) द्वारा गरिएको हो।
कार्यक्रममा बोल्दै विवेक कुमार श्रेष्ठले यस्ता सहयोगले ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विशेषगरी रात्रीकालीन ड्युटी तथा व्यस्त सडक क्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूका लागि सेफ्टी ज्याकेट अत्यन्त उपयोगी हुने बताइएको छ। स्थानीय स्तरबाट हुने यस्ता सकारात्मक सहयोग तथा सहकार्यले समाजमा सुरक्षा सचेतना अभिवृद्धि हुनुका साथै प्रहरीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।




