अर्थ/वाणिज्यसमाचार

नेपालगन्जमा बागेश्वरी डेन्टल ऐस्थेटिक्स संचालनमा

नेपालगन्जमा बागेश्वरी डेन्टल ऐस्थेटिक्स संचालनमा ।
नेपालगन्ज सुर्खेत रोड गुल्म अगाडि बागेश्वरी डेन्टल ऐस्थेटिक्स क्लिनिकले शनिबार देखि डेन्टल उपचार सेवा विस्तार गरेको हो ।


बर्दिया गुलरिया भन्सार रोडमा रहेको बागेश्वरी डेन्टल क्लिनिकले आफ्नो सेवा निरन्तर दिदै आएको डेन्टल उपचारलाई थप सेवा दिन बाँके नेपालगन्ज उपमहानगरपालिका वडा न.२ स्थित गुल्म अगाडि बागेश्वरी डेन्टल ऐस्थेटिक्स नामक क्लिनिक आजदेखी संचालनमा आएको बागेश्वरी डेन्टल ऐस्थेटिक्सका संचालक डा.सागर रेग्मीले बताउनुभयो ।


लामो समयदेखि डेन्टल उपचार सेवा दिदै आएको बागेश्वरी डेन्टल क्लिनिकले बर्दिया क्षेत्रमा नागरिकलाई सहज रुपमा उपचार सेवा दिँदै आएको बागेश्वरी डेन्टल क्लिनिकले आजदेखी नेपालगन्जमा पनि दाँत संबन्धि सम्पूर्ण उपचार सेवा हुने संचालक डा.सागर रेग्मीले बताउनुभयो ।

मुख तथा दाँतको जाँच, दाँतको एक्स-रे, दाँत सफा गर्ने, दाँत भर्ने, जरै देखी दाँत भर्ने, दाँत निकाल्ने, दाँतमा खोल हाल्ने, पुरै दाँत हाल्ने, अन्य दाँत तथा मुख सम्बन्धी उपचार, फ्लोराइड द्वारा दाँत किरा लाग्न बाट रोकिन्छ साथै महिला सोैन्दर्यका लागि स्माइल मेकर उपचारमा डा.सागर रेग्मी र डा.बिजिता गोैतम रेग्मीले निरन्तर सेवा दिने बताउनुभयो ।

साधारण विरामीलाई लक्षित गरी क्लिनिक सञ्चालनमा आएको मुनाफा भन्दा पनि यस क्षेत्रमा यसको सम्भावना छ भनेर पहिचान गराउन क्लिनिक स्थापना गरेको र एक महिनासम्म निशुल्क चेकजाँच, दन्द परामर्श र डेन्टल सम्बन्धि सम्पुर्ण उपचारमा २०% छुट रहेको डाक्टर रेग्मीले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button