अन्यअर्थ/वाणिज्यखेलकुदराजनीतिविदेशसमाचारसाहित्य

यसवर्ष पनि धुबाङ्ग मेला भब्य सभ्य हुने

कार्तिक १५ गते प्युठान ।
प्युठान जिल्लाको ऐरावती गाउँ पालिका वडा न.४ धुबाङ्ग बगेँचामा हरेक बर्ष लाग्ने मेलामा यसवर्ष पनि उतिक्कै व्यवस्थित तरिकाले मेला संचालन गर्ने बगेँचा मेला व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर रोका मगरले बताउनु भएको छ ।

मेला समितिका अनुसार यस मेलामा देश विदेशका हजारौंको सहभागिता रहदै आएको मेलामा विशेषगरी सामान किनमेल र नाचका लागि आउने गरेको बगेँचा मेला व्यवस्थापन समितिका सचिव खकेन्द्र खत्रीले बताउनु भयो ।

भाइटिका अथार्थ तिहारको पाचौं दिनमा लाग्ने मेलाई सभ्य भब्य बनाउन आज मिति २०८१ कार्तिक १५ गते धुबाङ्ग अम्मरेमा बसेको बैठकले मेलामा राम्रो सुरक्षा व्यवस्था , सरसफाइ , मेलामा आगन्तुकलाई स्वागत तथा मेला भित्र मदिरा रोक जस्ता लगायत बिसयलाई लिएर छलफल तथा निर्णय भएको सचिव केसीले बताउनु भयो ।

मेलाको मुख्य आकर्षक नाचगान भएकाले मेलामा जतिपनि आगन्तुक क्लब, संघ संस्थाका नाचलाई विषेश रुपमा स्वागत गर्दै मेलाको शोभा बढाईदिनु भएको भन्दै उचित पुरस्कार सहित सम्मान गर्ने गरेको बगेँचा मेला व्यवस्थापन समितिका कोषाध्यक्ष तुक बहादुर भण्डारीले बतााउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button