अर्थ/वाणिज्यसमाचार

६२औँ राष्ट्रिय बाल दिवसमा गोपाल नीना फाउन्डेसनद्वारा नीलसागरका बालबालिकालाई शैक्षिक सामग्री र पुरस्कार वितरण

नेपालगन्ज । ‘सेवा नै धर्म हो’ भन्ने मूल भावनाका साथ गोपाल नीना फाउन्डेसन नेपालले ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा नीलसागर सेवा आश्रममा रहेका बालबालिकाका लागि विभिन्न कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको सिर्जनात्मक क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो।

प्रतियोगितामा सहभागी बालबालिकामध्ये उत्कृष्ट पाँच जनालाई छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा बालबालिकाका लागि भोजनको समेत व्यवस्था गरिएको थियो।

बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमले उनीहरूमा खुसी, उत्साह र सिर्जनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सामाजिक तथा मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button