समाचार

फोनिज बाँकेको स्वास्थ्य चेकजाँच सम्पन्न

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसर पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाले नेपालगन्ज बोैद्द गुम्बामा आयोजना गरेको निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सफल बनाउन हरपल होलिस्टिक होम केयर सेन्टर, नेपाल युनाइट्स, मानवता नेपाल तथा गोपाल नीना फाउन्डेसनले सहकार्य गरेका थिए। चेकजाँच कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरूको रक्तचाप (ब्लड प्रेसर) र मधुमेह (सुगर) परीक्षण गरिएको थियो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापा मगरले तमु ल्होसारजस्तो सांस्कृतिक पर्वको अवसरमा समुदायको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सहकार्य गर्ने सबै संस्थाहरू, स्वास्थ्यकर्मी तथा कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button