अन्यअर्थ/वाणिज्यराजनीतिविदेशसमाचारसाहित्य

यसकारण कुकुरलाई पूजा गरिन्छ ईन्जिनियर प्रियंका

आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

त्यसै गरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्व सूचना समेत दिने गरेको छ । कुकुर इमानदार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्व कालदेखि कुकुरलाई वर्षमा एक पटक इमानदार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

परापर्वले मान्दै आएको चाडपर्वको कुरा मात्र होइन कुकुर एक भैरवको वाहनले चिनिएपनि कुकुर मानव सँगै निकेै नजिक र आत्मीय सम्बन्ध छ । धेरैले कुकुरलाई हेर्ने दृष्टिकोण फरक छ । तर मेरो कुकुर सँगको माया, ममताले मेरो भविष्य , भर्तमान उस्ले पहिल्यै बताउँछ । पछिल्लोपटक मेरो छोरासँगपनि कुकुर आत्मीयताले जोडिएको छ । हामी कतै जादा होस या घर वरिपरिको बाताबरण उस्ले सजिलै बताउँछ र पहिल्यै जानकारी दिन्छ । पहिला हामी शीत चिउ नामक कुकुर थियो उ २ बर्षमा बित्यो उ पनि निकै बफादार थियोे । चिउ मर्दा म निकै भावुक भएको थिए । जसले मेरो घरको रक्षा मात्र गरेन कि अशुभ समयलाई उस्ले पहिल्यै जानकारी दिन्थो तेसैले पनि म भावुक भएको थिए । तर अहिलेको यो ज्याक्लिन पनि निकै राम्रो र ईमानदार छ। यो ज्याक्लिन सँग त मेरो बाबू पेटमा रहदा खेरिबाट नै म बाबू र ज्याक्लिन सधैं एक अर्कामा आत्मीय जोडिएको छ र म कुकुर प्रतिको बफादार ईमानदारले निकै माया ममतामा जोडिएको छु र बर्षदिनको कुकुर तिहार चार्डमा मात्र होइन म हरेक दिन-समय कुकुरसँग जोडिएको हुन्छ र आज विशेष कुकुरको दिन भएकाले बिहानै आफू खाना भन्दा अगाडि कुकुरलाई पुँजापाठ गरि कुकुर तिहार मनाएको इन्जिनियर प्रियंका थापा मगर बताउनु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button