
नेपाल मगर संघ मलेसिया केन्द्रीय समितिको ९औँ कार्यसमिति चयन गरिएको छ। पुस्मिता ठाडा मगरको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा ज्ञानेन्द्र पुन मगर लगायत राष्ट्रिय कलाकारहरूको समेत उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिमा अध्यक्षमा बिरास पुन मगर चयन भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दिल सारु मगर, उपाध्यक्षमा दिलिप सुमाइ मगर र ऋषि राना, महिला उपाध्यक्षमा अनिता राना मगर, महासचिवमा तिपेन्द्र बुढा मगर, सचिवमा केशव रोका, कोषाध्यक्षमा समाल लिजा तथा सांस्कृतिक प्रमुखमा बाबुराम थापा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दिपक लुङ्गाली मगर, क्रिष्णा श्रिस मगर, क्रितिमान बुढा, बबिता राना मगर, कुशल थापा मगर, समर थापा, अमृत पिथाकोटे मगर, कमल सोमाई मगर, गोकुल तुम्सिङ मगर, मोहन बहादुर राना मगर, दिपक मगर, खुम झाक्री मगर, रमेश खासु मगर, गोपाल खासु मगर, जीवन घर्ती मगर, दानेश घर्ती मगर, धुर्ब पुन मगर, दिपक पुन मगर, रोशन पुन मगर र रोहन थापा मगर रहेका छन्।
कार्यक्रममा वक्ताहरूले विदेशमा रहेका मगर समुदायलाई एकताबद्ध गर्दै भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।




