
नेपालगन्ज।
“रक्तदान गरोै: जीवन उपहार देउँ” भन्ने मुल नारा सहित गोपाल–नीना फाउण्डेशनको जनमत रक्तदानको ६६ओैं श्रृङखलाको वृहद् रक्तदान कार्यक्रमको आयोजनामा ७६ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका तथा अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलका कार्यलय प्रमुख दिलिप गिरिले जानकारी दिनु भयो।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठको संयोजकत्वमा भएको रक्तदानका कार्यक्रममा अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलका सम्पुर्ण स्टाफ, नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।
गणेशमान चोक स्थित अन्नपूर्ण ग्यास्ट्रोकेयर हस्पिटलमा भएको बृहत रक्तदान कार्यक्रममा गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा.तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले यसअघि नै धेरै पटक रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।




