
ऐरावती गाउँपालिकाले ढाका टोपी लगाएर अंग्रेजी नयाँ वर्ष मनाइयो
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अंग्रेजी नयाँ वर्ष तथा नेपाली ढाका टोपी दिवसको अवसरमा अंग्रेजी वर्ष जनवरी १ तारिख बिहान कार्यलय समयमा सामुहिक ढाका टोपी लगाएर अंग्रेजी नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाएका छन । उक्त अवसरमा गाउँपालिका अध्यक्ष नबिल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरद गौतम सहित सम्पूर्ण कर्मचारी तथा उपस्थित जनप्रतिनिधिहरूले ढाका टोपी लगाएर सहभागिता जनाएका थिए।
नेपाली मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ढाका टोपी दिवस मनाइएको गाउँपालिका अध्यक्ष शाहले बताए। उनले ढाका टोपी नेपाली पहिचानको प्रतीक भएकाले यस्ता दिवसहरूले राष्ट्रियता र सांस्कृतिक गौरवलाई थप मजबुत बनाउने उल्लेख गरे।
कार्यक्रममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरू तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ढाका टोपीसहित खिचिएको सामूहिक तस्बिरले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
ऐरावती गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




