अर्थ/वाणिज्यराजनीतिसमाचार

हुम्ला सडक सञ्जालमा ठूलो प्रचारबाजी

हुम्लाको चुवाखोलामा बेलिब्रिज जडान भएपछि उक्त विकट हिमाल पनि जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यससँगै देशका सबै जिल्लामा सडक सञ्जाल पुगेको छ।

कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा हुँदै हुम्ला जाने सडकमा पर्ने उक्त खोलामा पक्की पुल निर्माण हुन समय लाग्ने भएपछि त्यहाँ बेलिब्रिज जडान गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हुम्लामा सडक सञ्जाल विस्तार भएपछि खास गरी त्यहाँका मानिसलाई आवागमनमा सहज हुने र भारत र चीन जोडिने यो सडकका कारण त्रिदेशीय ‘कनेक्टिभिटी’बाट फाइदा पुग्ने दाबी गरेका छन्। तर कर्णाली प्रदेशका भूतपूर्व मुख्यमन्त्री जीवनबहादुर शाही अहिले ४० प्रतिशत मात्रै काम सकिएको र ६० प्रतिशत काम बाँकी भएको औँल्याँउछन्।

हुम्ला खार्पुनाथ निवासी रङ्गमती शाही बेलिब्रिज बनेर सडक जोडिएपछि खुसी छिन्। उनलाई अब पहिलाको भन्दा बढी सुविधा हुने भए पनि सडकको अवस्थाले बाह्रै महिना सुविधा हुन सक्ला भन्ने चाहिँ लाग्दैन।

विगतमा प्राय: सिमकोटबाट विमानमै आउजाउ गर्ने उनी केही दिनअघि सुर्खेतबाट गाडी चढेर हुम्ला गएकी थिइन्। तर वर्षा हुनासाथ सडकको अवस्था बिग्रिएको देख्ने साक्षी उनी बनिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button