विदेशसमाचार

जाने होइन नयाँ बर्षको प्याकेजमा : तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स

नेपालगन्ज

नयाँ वर्षको सुरुवातसँगै अत्याधुनिक सेवा सुविधा सहित नयाँ ऊर्जा, नयाँ उत्साह र नयाँ अध्यायका साथ तपाईं हाम्रो शहर नेपालगन्जमा तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स प्रा.लि. को नयाँ शाखा संचालनमा आएको छ ।


संचालनमा आए सँगै तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स प्रा.लि ले स्वदेश तथा विदेशका लागि विशेष छुट सहित विभिन्न प्याकेज लिएको तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स प्रा.लिका प्रमुख पदम सुवेदी बताउनु हुन्छ ।


तुलसी होलीडेको सेवा उद्घाटन गर्दै, प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पर्यटन व्यवसाय फष्टाउन शान्ति सुरक्षाको सुनिश्चितता आवश्यक हुने बताए । ‘त्यसका लागि हामी सुरक्षा निकाय प्रतिबद्ध छौं,’ प्रजिअ जोशीले पर्यटनमा सेवाको गुणस्तर र पारदर्शितामा जोड दिंदै भने, ‘पार्किङ, अटोसहितका ट्राफिक व्यवस्थापन र सरसफाईको अवस्थामा सुधार आवश्यक छ ।’ तुलनात्मक दृष्टिले पर्यटनमैत्री वातावरण बन्दै गएको प्रजिअ जोशीले बताए ।

तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स प्रा.लिका प्रमुख पदम सुवेदीका अनुसार नयाँ बर्ष मनाउन नेपालकै लागि नयाँ वर्षको नँया गन्तव्य हुने भन्दै अहिले बर्दिया राष्ट्रिय निकुञ्ज – जंगली जनावर र प्रकृतिको स्वर्ग, स्वर्गद्वारी दर्शन –आध्यात्मिक र शान्तिको अनुपम अनुभव, मुक्तिनाथ यात्रा – पुण्य स्नान र मोक्षको यात्रा, सुर्खेत भ्रमण – मनोरम प्रकृति र सांस्कृतिक सौन्दर्य, रारा ताल – शान्त वातावरणमा नयाँ वर्ष मनाउनुहोस, पोखरा – साहसिक गतिविधि र सुन्दरताको संगम सहित ६० वर्ष माथिका जेष्ठ नागरिकहरूका लागि १५% छुट, विद्यार्थी समूहहरूका लागि १०% छुट, कर्पोरेट र पारिवारिक समूहका लागि १०% छुटमाको व्यवस्था रहेको सुवेदी बताउछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button