
नेपालगन्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले बागेश्वरी मन्दिर परिसरकाे सरसफाइ गरेकाे छ ।
संगठन बाँकेले शुक्रबार एक कार्यक्रम गर्दै नेपालगन्जमा रहेकाे प्रसिद्धि शक्तिपिठ परिरसर तथा महाआरती स्थलकाे सरसफाइ कार्य गरेकाे हाे ।
सरसफाइ कार्यक्रममा बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ याेगी, मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गाेपाल प्रसाद अधिकारी, नेपालगन्ज वडा नम्बर २ का वडा अध्यक्ष मनाेज श्रेष्ठ, महाआरतीका संयाेजक एवम् व्यवस्थापन समितिका सदस्य सुनिल सिंह हमाल, संगठनका कावा अध्यक्ष शशिधर अधिकारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
सरसफाइ कार्यमा पूर्व प्रहरी कर्मचारीहरु र नेपाल प्रहरी विशेष सुरक्षा गण कर्णाली प्रदेश हाल नेपालगन्जका प्रहरी कर्मचारीहरुकाे सहभागिता थियाे ।




