
नेपालगन्ज ।
बाँके क्षेत्र न.३ (क)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद रत्न खत्रीले बाँके क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरलाई बाँके जिल्लाको क्षेत्र न.३ मा भएको बिकासलाई लिएर खुल्ला पत्र आफ्नो ब्यक्तिगत रत्न खत्रि नामक फेसबुकबाट चुनोैती दिएका छन ।
हेर्नुस् जस्ताको तेस्तै खुल्ला पत्र 👉️
किशोरो राठोर लाई खुल्ला पत्र!!!
आदरणीय किशोर जि जय नेपाल
अस्ति खजुराको कांग्रेस गाउँ सम्मेलनमा म प्रती हजुरले गरेको टिप्पणी प्रती मेरो ध्यान आकृष्ट भएको छ,मलाई यति बेला कांग्रेसका साथीहरू सङ दन्तबजान गर्न मन थिएन तर बाध्य बनाउनु भयो हजुरल्रे।
हजुरले त्यो दुई कौडिको हैसियत नभएको मान्छे रत्न खत्री ले प्रदेश बाट विकासको आयोजना ल्याए भनेर फुर्ती गर्दै छ भन्दै मेरो चरित्रहत्या समेत गर्नु भए छ ,यसमा मेरो कुनै गुनासो छैन किन कि मान्छे को आनि ,बानी ,व्यबहार ,बोली चाली ,भाषामा उसको घरको रिति रिवाजले प्रभाव पार्दछ साहेद यो हजुरको परिवारिक प्रचलन होला। एउटा कुरा सत्य हो म एक निम्न बर्गिय किसनको छोरा हु हजुर सम्भ्रान्त परिवारको राजा साब जसको कारण तपाईं को नजरमा म खाते देखिनु दुई कौडिको देखिनु तपाईको समस्या होइन समस्या मेरो हो किन कि म गरिव किसानको कोखमा जन्म लिए ।जहाँ सम्म विकास निर्माण को प्रश्न छ आउनुहोस् म खुला बहस गर्न तयार छु। चिसापानी को सुर्यदय मा बि ,G गाउकोप्रभात मा बि देखि D गाउँ को आदर्श मा बि, खजुराको ज्ञनोदय मा बि, गौघाट्को योगनी मा बि हुँदै राधापुरको मैटवा मा बि समेत गरेर करिब ७५ वाटा स्कुलहरुमा म मन्त्री भएको बेला ०८१/०८२ बजेट मार्फत करिब १५ करोड बिनियोजित भएको छ तपाईको पहलमा एउटा कुनै स्कुल रकम बिनियोजित भएको छ ? चिसापानी देखि राधापुर सम्मको मान खोलाको तटबन्धका लागि मेरो पहलमा रु ५ करोड बियोजन गरिएको छ तपाईं को पहल मा रु १ बियोजित गरिए को छ ? च्याम राधापुर सडक खण्ड मेरो पहलमा ०८०/०८१ मा मर्मत लागि रु ३ करोड र ०८१/०८२ स्तर उन्नतिका लागी करिब ६.५० करोडको बहु वर्षिय ठेक्का हुँदै छ के यो सडकका लागि हजुरले रु १ बिनियियोजन गर्नु भएको छ ? सिंह भवानी दाङपुरुवा ,पानी ट्यांकी हुँदै बोडिङ बस्ती जोड्ने सडक मेरै पहलमा करिब ६.५० करोड को बहु वार्षिय ठेक्का लाग्दै छ के यो सडकमा हजुरले रु १ बिनियोजन गर्नु भयको छ ? गौघाट हुदै पुरैनी सोन बर्ष देखि टिटिरियाको पिपिरी जोड्ने बाटो ठेक्का लागेर कालो पत्रे हुँदै छ के यो सडकमा हजुरले रु १ बिनियोजित गर्नु भएको छ ? चाहे बनखेतको पक्की पुल होस चाहे सिमल घारीको पक्की पुल होस चाहे गिजरा पुरैन जोड्ने पक्की पुल होस चाहे पानी ट्यान्की देखि H गाउँ जोड्ने पक्की पुल होस मेरो यो दुई बर्ष को कार्यकालमा कतिपय निर्माण भैसकेका छन कतिपय अन्तिम चरणमा छ्न के तपाई ले एउटा मात्रै पक्की पुल निर्माण गर्नु भएको छ ? चाहे बैजनाथ पालिका स्तरीय खेल मैदान होस वा खजुरा डि गाउँ को अधुरो खेल मैदान निर्माणका लागि प्रदेश बाट मेरै पहलमा रकम बिनियोजित गरेर काम अघि बढेको छ के तपाईं को पहलमा एउटा कुनै खेल मैदान निर्माणका लागि रु १ बिनियोजित गर्नु भएको छ ? यि त प्रतिनिधि आयोजना मात्र हुन सबै आयोजनाहरु यहाँ उल्लेख गर्न असमर्थ छु। यति भन्न चाहन्छु राठौर जि मेरो निर्वाचन क्षेत्र मात्र होईन ३ नम्बर निर्वाचन क्षेत्र को चाहे जानकी गाउँ पालिका होस वा खजुरा या बैजनाथका टोल हरुमा साहेद भूगोलको ज्ञान त हजुर लाई थाहा छैन होला मेरै साधनमा संगै लिएर बहस गर्न तयार छु कसको पहलमा कति आयोजना आयका छन भनेर के तपाईं तयार हो? बाँकी आवश्यकता परे क्रमशः !!!




