
नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा न. २१ र २२ मा रहेको कान्तीतालको किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले पर्यटन प्रबर्द्धनका लागि झण्डै २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि इँट्टाको वाल र त्यसमा रेलिङ लगाएको छ । वरिपरि सात मिटर कालोपत्रे सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया बनाइएको छ । केहि बर्ष अघि टेन्डर प्रक्रियाबाट ब्यक्तिगत कम्पनीलाई जिम्मेवारी लगाए पनि हाल उक्त क्षेत्रमा लगाइएको रेलिङ चोरी हुन थालेपछि सामाजिक संजाल तथा नागरिक अगुवाइहरुले आवाज उठाएपनि कुनै चासो नदेखाएको स्थानीयले बताए ।
बाँके नेकपा एमाले जिल्ला कमिटी सदस्य मो.सफिक बेहना र नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटी उप-सचिव रविशंकर बर्मा लगायतको टिम फुर्सद समय मिलाएर नजिकैको पार्क अवलोकन गर्न जादा यस्तो अवस्थामा देखिएको बताए । पार्कको झण्डै ५०० मिटर भन्दा बढी भाग चोरी भएको र अन्य ठाउँहरु चोरी हुन तयार रहेको बर्माले बताए ।

वरिपरि बस्ती बिहान साझ मोर्निङ वाक गर्नेको भिडभाड सँगै दैनिक सयौं जनाले अवलोकन तथा भ्रमण गर्ने ठाउँमा कसरी चोरी भयो म आफै आचार्य जनक भएको बेहना बताउँछन् ।




