अर्थ/वाणिज्यराजनीतिसमाचार

हरिशंकर पाण्डेको खुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

“युवाको उम्मेदवारीलाई साथ दिऔँ, नयाँ सोच र ऊर्जालाई महाधिवेशनमा स्थापित गरौँ।” गरोै भन्ने मुल नारा सहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. १ बाट हरिशंकर पाण्डेले खुला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
पाण्डेले आफ्नो राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु गरी पार्टी राजनीतिमा निरन्तरता दिँदै आएको बताएका छन्। उनको उम्मेदवारी प्रचार सामग्रीमा ‘हिजो विगत बोकेर विद्यार्थी राजनीतिमा प्रवेश, आज परिवर्तनको संकल्प बोकेर पार्टी राजनीतिमा निरन्तरता’ भन्ने सन्देश उल्लेख गरिएको छ।
बीबीएससम्मको अध्ययन गरेका पाण्डेले सामुदायिक वन विद्यालय व्यवस्थापन समिति तथा सहकारी युवा क्लबको नेतृत्व अनुभव, नेपाली कांग्रेसमा २७ वर्षको निरन्तर योगदान र क्षेत्रीय सचिवका रूपमा एक वर्ष जिम्मेवारी निर्वाह गरेको उल्लेख गरेका छन्।
पाण्डेले आफ्नो उम्मेदवारीलाई संगठनमा नयाँ सोच, ऊर्जा र युवाको सहभागिता बढाउने अभियानका रूपमा प्रस्तुत गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मत प्रदान गरी सहयोग गर्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button