राजनीतिसमाचार

वडा कमिटीले मनायो राष्ट्रिय मगर दिवस : नेपालगन्ज ०१

फागुन १५ गते नेपालगन्ज ।


नेपाल मगर संघको स्थापना दिवसको अवसरमा नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका एकाई कमिटी वडा न.१ ले ४३औं मगर एकता दिवस मनाएका छन् । संघको स्थापना दिवस (फागुन १५) लाई देश तथा विदेशमा रहेका मगर समुदायले एकता दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् ।


वि.सं २०३९ साल फागुन १५ गते तनहुँमा भएको सम्मेलनमा स्व. हेमबहादुर पुनको अध्यक्षतामा लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । त्यसैलाई आधार मानी हरेक मगर ममुदाय र सम्बन्धित संस्थाले उक्त दिनलाई एकता दिवसको रूपमा मनाउन थालिएको हो ।

बाँकेको मगर संघ सकृय नहुदा बाँकेमा रहेका पालिका र वडा कमिटीले आफ्नो तरिकाले मगर दिवस मनाएका छन । बाँकेको खजुरा २ मा , नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका वडा न. १ राना चोकमा , कोहलपुरको न्युरोडमा र बैजनाथको गुम्बा बिहारमा आआफ्नै तरिकाले मगर दिवस मनाइएको छ ।

तेस्तै नेपालगन्ज उपमहानगरपालिका वडा न.१ राना चोकमा भएको कार्यक्रमको संयोजक नेपालगन्ज उपमहानगरपालिका वडा न. १ का वडा मगर कमिटीका अध्यक्ष वीरेन्द्र राना मगर, प्रमुख अतिथि नेपाल मगर संघ बाँकेका पुर्व अध्यक्ष धन सिङ्ग राना मगर , विशिष्ट अतिथि , नेपालगन्ज उपमहानगरपालिका निबर्तमान उपमेयर उमा थापा मगर , नेपाल मगर विद्यार्थी परिवारका केन्द्रीय सदस्य छिरिङ्ग लाल थापा मगर , नेपाल जनजाति आदिवासी युवा महासंघ बाँकेका अध्यक्ष जनक पहराई मगर , नेपाल तमु छोज धी , भिम गुरुङ , नेपाल मगर संघ बाँकेका जिल्ला सदस्य आइते पुन मगर , विरु राना मगर , चन्द्र घर्ती मगर लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा मगर समुदायका इतिहास , मगर भाषा , मगर पहिचान लगायतका विसयमा आआफ्नो भनाई राख्नु भएको थियोे । तस्तै कार्यक्रममा मगर प्रचलति कौरा, झ्याउरे, सोरठी लगायतको सांस्कृति नृत्यहरु प्रस्तुत गरिएको थियो ।

४३औं मगर एकता दिवसको कार्यक्रम संचालन कमिटी उपाध्यक्ष मित्री राना मगरले गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button