अर्थ/वाणिज्यराजनीतिसमाचार

निरन्तर वर्षाले जोखिम बढाएपछि नेपालगन्जवासीलाई सतर्क रहन आग्रह

निरन्तर भइरहेको वर्षाका कारण नेपालगन्ज उपमहानगरपालिकाका केही स्थानमा डुबानको अवस्था देखिन थालेको छ। वर्षाका कारण जमिन भासिने, रुख–बिरुवा ढल्ने तथा ढल, खोला र नालाको आसपासका क्षेत्र भत्किने जोखिमसमेत बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगन्ज नगर सभापति नवीन खड्काले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

वर्षाका कारण जोखिमयुक्त स्थानमा जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भएकाले ढल, खोला, नाला तथा डुबान र भासिन सक्ने क्षेत्रको आसपास अनावश्यक रूपमा नजान उहाँले आग्रह गर्नुभएको हो।

विशेषगरी निरन्तर वर्षा भइरहेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य नागरिकलाई जोखिमयुक्त स्थानमा जान नदिन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उहाँले अनुरोध गर्नुभएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सम्बन्धित निकायले समेत आवश्यक सतर्कता र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button