
नरैनापुर बाँके ।
गोपाल नीना फाउण्डेशनले नरैनापुर गाउँ पालिका वडा न.३ मा रहेको लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदान गरेको छ।
शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट ५ सय ३२ जनाले चेकजाँच सँगसँगै ५९ प्रकारका ओैंषधी सहित सेवा लिएको निना फाउन्डेसन प्रबन्धक निर्देशक दिलिप गिरिले बताए ।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएको जानकारीअनुसार नि:शुल्क स्वास्थ्य शिविरमा सबै रोगहरुको चेकजाँच सँगसँगै ५९ प्रकारका नि:शुल्क ओैषधी वितरण र अनुभवी तथा दक्ष डाक्टर डा. गौरव श्रेष्ठ , डा नैमुद्दीन अन्सार , डा मेघा मण्डेल , डा ऋषभ श्रीवास्तव , डा हिमांशु कर्माचार्य द्वारा चेकजाँचमा निना फाउन्डेसन टिम , नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्यष्ट्रो हस्पिटल , संजिवनी मेडिकल कलेज अफ मेडिकल साइन्स , गणेशमान चोक ड्रस स्टोर , सेभेन क्याफे, नेपालगन्ज लार्ज , अन्नपूर्ण ग्याष्ट्रोको सहकार्यमा एकदिने शिविर सम्पन्न भएको बताउनुभयो ।
नि:शुल्क चेकजाँच सुरुवात नरैनापुर गाउँ पालिकाका प्रमुख इश्तियाक अहमद शाह द्वारा सुरुवात गरिएको फाउन्डेसनले बताएको छ ।
तेस्तै निशुल्क शिविर कार्यक्रम संयोजक श्री दिलिप गिरि प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह , नरैनापुर गाउपालिको स्वास्थ्य शाखाका नागेनद्र कुमार शाह र नविन बुढाथोकी ,औषधि बिक्रि प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउपालिको स्वास्थ्य शाखा लक्ष्मन्पुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख लगायतको उपस्थितिमा उक्त एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको थियोे ।




