राजनीतिसमाचार

झोला बनाउने तालिम सप्पन्न : नेपालगन्ज

नेपालगन्जका महिलाहरुका लागि प्रारम्भिक १५ दिने झोला बनाउने तालिम सप्पन्न भएको छ । तालिमको शनिबार नेपालगन्जमा एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

नेपालगन्जमा रहेको आदीबासी जनजातिहरुका लागि सो तालिम संचालन गरिएको थियो । प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति माननीय माया पुनले आदिवासी जनजाति हकहितको लागि आफू सदैव तयार रहेको बताउनुभयो ।

सो क्रममा आदिवासी जनजाति महासंघ नेपागन्ज उपमहानगर अध्यक्ष भुमण्डल प्रकाश श्रेष्ठ, प्रमुख प्रशिक्षक देवी पुन लगायतलाई तालिम सञ्चालनमा गरेको योगदानको मुल्यांकन गर्दै कदरपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा नेपाल आदीबासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य प्रमोद बहादुर श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घ कोहलपुर नगर समन्वय परिषद्का अध्यक्ष कृष्णबहादुर पुनमगर लगायतले पछिल्लो समय तालिम लिने तर सो तालिमको उपयोग नदेखिएका कारण यो व्यवसायिक तालिमले महिलाहरुलाई व्यवसायी बनाउनमा प्रभावकारी सावित हुने धारणा राख्नु भएको थियो । नेपालगन्ज उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त शहर बनाउन पनि यस तालिमबाट सिकेको सीपले सहयोग पुग्ने अतिथिहरूले बताउनुभएको थियो। तालिमका प्रमुख प्रशिक्षक देवी पुन, सहभागीका तर्फबाट डोमा शेर्पा र सिमला श्रेष्ठ लगायतले बोलेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा सो तालिम संचालन गरिएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष भुमण्डल श्रेष्ठले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर बिष्टको अध्यक्षतामा सो समापन कार्यक्रम गरिएको थियो भने स्वागत मन्तव्य घरेलु तथा सानो उद्योग कार्यालयका कार्यक्रम अधिकृत तथा कार्यक्रम संयोजक पुष्कर सिंह ठकुरीले गर्नुभएको थियो । सो कार्यक्रम ममता थापाले संचालन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button