अन्यसमाचारसाहित्य

सात दिने नौंमती पन्चेबाजा प्रशिक्षण सम्पन्न

पुस १५ नेपालगन्ज ।
नेपाल मगर संघ बाँके एकाई कमिटी राझा एयरपोर्टको आयोजनामा ७ दिने नौंमती पन्चेबाजा प्रशिक्षण सम्पन्न भएको छ ।


नेपाल मगर संघ बाँके एकाई कमिटी राझा एयरपोर्ट वडा नं २० को अध्यक्ष कमला राना मगरको संयोजकत्वमा भएको समापन कार्यक्रम मा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्य चक्र बहादुर बुढा , अतिथि जनक पहाराई मगर लगायतको उपस्थितिमा भएको थियोे ।


राष्ट्रिय पहिचान को रुपमा रहेको यस नौंमती बाजा लाई संरक्षण गर्न साथै व्यावसायिकरण संगै आधुनिकीकरण गर्दै नयाँ पुस्ता ले जगेर्ना गर्नुपर्ने जनक पहराईले बताउनु भएको छ।


मगर समुदायहरुका लागि यस प्रकार का तालिम ले आर्थिक पक्ष सुदृढ संगै कला संस्कृतीको संरक्षणमा टेवा पुग्ने बिश्वास र तालिममा महिला पुरुष दुवैले तालिमको प्रशिक्षण लिएको संयोजक कमला राना मगरले बताउनुभयो भने कार्यक्रमको संचालन लला बहादुर थापा मगरले गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button