खेलकुदराजनीतिसमाचार

सरुमारानी गाउँपालिकामा रनिङसिल्ड सुरु

प्युठान । सरुमारानी गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिता गाउँपालिकाको खेलमैदान वडा नम्बर २ दर्भान खेल मैदानमा सञ्चालन भएको छ ।


प्रतियोगिताको उद्घघाटन लुम्बिनी प्रदेशसभा सदस्य तुलसीराम शर्माले गर्नु भयो। उद्घघाटन कार्यक्रममा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, उपाध्यक्ष बसन्ता खडका,प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगी, प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी, प्युठान जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेश बस्याल, सशस्त्र प्रहरी प्रमुख लगागतका अतिथिको उपस्थिति रहेको थियो।
खेलकुद प्रतियोगिता कार्तिक ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ११ ओटा विद्यालयका करिव ३५० जना विद्यार्थीबीच प्रतिस्पर्धा सञ्चालन भईरहेको छ । आज कपडी, रिले दौड र भलिवल प्रतियोगिता सन्चालन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button