राजनीतिसमाचार

नेपालगञ्जका जेनजी सहिद शालिकको त्रुटि सच्याउन नगरपालिकालाई ज्ञापनपत्र

नेपालगञ्ज, बाँके — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत Rapid Action Team (R.A.T) नेपालगञ्ज नगर समितिले सहिदहरूको शालिकमा देखिएको त्रुटि सच्याउन माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाएका छन ।

R.A.T नेपालगञ्ज समितिले सहिद आयुष थापा र सहिद इन्जिनियर सुलभ राज श्रेष्ठका शालिकहरूमा अनुहारको असमानता तथा वास्तविक स्वरूप सँग मेल नखाने अवस्था देखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ज्ञापनपत्रमा सहिदहरू राष्ट्रका गौरव र प्रेरणाका स्रोत भएकाले उनीहरूको सम्मानमा निर्माण गरिएका शालिकहरूमा यस्ता त्रुटि हुनु केवल प्राविधिक कमजोरी नभई उनीहरूको गरिमा र पहिचानमाथिको अपमान भएको उल्लेख गरिएको छ।

हाल निर्माण गरिएका शालिकहरूले सहिदहरूको वास्तविक अनुहार र व्यक्तित्वलाई यथार्थ रूपमा प्रस्तुत गर्न नसकेको भन्दै यसले आम नागरिक तथा सरोकारवालाहरूमा असन्तुष्टि सिर्जना गरेको पनि समितिले जनाएको छ।

समितिले नगरपालिकासमक्ष तीन बुँदे माग अघि सारेको छ। जसअन्तर्गत सम्बन्धित शालिकहरूको तत्काल प्राविधिक तथा कलात्मक मूल्यांकन गर्न, सहिदहरूको वास्तविक अनुहारसँग मेल खाने गुणस्तरीय तथा सम्मानजनक नयाँ शालिक निर्माण गरी हालको शालिक प्रतिस्थापन गर्न तथा भविष्यमा यस्ता संवेदनशील कार्य गर्दा सहिद परिवार, विषय विज्ञ र सरोकारवालासँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ। मागहरू यथाशीघ्र सम्बोधन नभए थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ। उक्त ज्ञापनपत्र R.A.T नेपालगञ्जका संयोजक हेमात थारुद्वारा हस्ताक्षरित रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button