अर्थ/वाणिज्यसमाचार

विद्यालयलाई कम्प्युटर सहयोग गरेर मनायो माछापुच्छ्रे बैंकले आफ्नो २५औँ वार्षिकोत्सव

माछापुच्छ्रे बैंकद्वारा २५औँ वार्षिकोत्सवमा सरस्वती प्राथमिक विद्यालयलाई कम्प्युटर सहयोग

नेपालगन्ज । माछापुच्छ्रे बैंक लिमिटेड नेपालगन्ज शाखाले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सरस्वती प्राथमिक विद्यालयलाई ५ थान कम्प्युटर सहयोग गरेको छ।

नेपालगन्जमा आयोजित कार्यक्रममा बैंक नेपालगन्ज शाखाका शाखा प्रबन्धक दीपक खड्का तथा लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक अभिषेक निरौला उपस्थित थिए। उनीहरूले विद्यालय प्रधानध्यापक वीर जङ शाहलाई कम्प्युटर हस्तान्तरण गर्दै डिजिटल शिक्षाको महत्वबारे प्रकाश पारे।

सरस्वती प्राथमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ भइरहेको छ। यहाँ बोडिङ सुविधा, अपांग विद्यार्थीका लागि विशेष कार्यक्रम, बाल विकास कक्षा समेत सञ्चालन भइरहेको छ। विद्यालयमा ८ जना शिक्षकहरूले जम्मा १३९ जना विद्यार्थीलाई शिक्षा दिइरहेको विद्यालय प्रधानध्यापक वीर जङ शाहले बताउनुभयो ।

शाखा प्रबन्धक खड्काले प्रविधिमैत्री शिक्षाले विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक परिवर्तन ल्याउने बताए। प्रदेश प्रबन्धक निरौलाले बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे।

विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले माछापुच्छ्रे बैंक लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा माछापुच्छ्रे बैंकले देशभर विभिन्न शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button