राजनीतिसमाचार

जिम्मेवारी मुक्त गराउदै वडा अध्यक्ष : नेपालगन्ज ११

नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा न. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले आफ्ना कर्मचारी सहायक पाँचौका हेमन्त बहादुर साउदलाई आर्को व्यवस्था नभएसम्मको लागि जिन्सि व्यवस्थनापनको जिम्मेवारी बाट मुक्त गरिदिएका छन ।

लामो समयदेखि नेपालगन्ज उपमहानगरपालिका वडा न. ११ मा कार्यरत साउदलाई मिति २०८१/०९/२३ गतेको पत्र संख्या २०८१/८२ र चलानी नम्बर ६०८ रहेको पत्रमा वडा अध्यक्ष नन्दकिशोर कश्यपले नेपालगन्ज उपमहानगरपालिका ११ का वडा सदस्यहरु र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा सचिव वामदेव शर्मालाई बोधार्थ भनी सुचना प्रकाशन गरेको झण्डै दुई महिनापछि उक्त सुचना हामी कहाँ आएको थियो ।


उक्त सुचनाका आधारमा वास्तविकता के भनी वडा अध्यक्ष कश्यपलाई सम्पर्क गर्दा सम्पर्क नभएको र वडा सचिव वामदेव शर्मा सँग बुझ्दा अहिले उक्त वडामा नरहेको वास्तविकता सुचना तेहि हो । वडा अध्यक्षले कसरी किन सुचना प्रकाशित गर्नुभयो उहालाई नि थाहा होला भन्दै जानकारी दिनुभयो ।


उता मुक्त गरिएका पाचौं तहका कर्मचारी साउदलाई सम्पर्क गरिरहदा उहाले नि हाल आफू उक्त वडामा नभएर अन्तै वडामा रहेको र अन्य विविध सुचना वडा अध्यक्षलाई नै था भएको भन्दै फोन राख्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button