समाचार

माउन्टेन ईभी नेपालगन्जमा

फोटोन नेपालले नेपालगन्जमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ । १३० kWh को चरम शक्ति र ३३० Nm को अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ ।

उद्घाटनको यस महत्वपूर्ण अवसरमा फोटोन नेपालले एक हप्तासम्म बुकिङ गर्नेहरूलाई नगद २ लाख छुट र ५५ इन्चको स्मार्ट टिभी उपहार दिने घोषणा पनि गरेको छ ।

माउन्टेन ईभी भ्यानको लंचिङ अगाडी फोटोन नेपालले सुर्खेत रोड, मिलननगर,नेपालगन्ज वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) आफ्नो नयाँ शोरुमको पनि उद्घाटन गरेको छ ।

एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठ र नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो ।

माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ । १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button