समाचार

२०८२ मा खजुराको बेरुजु शुन्य ल्याउने जिकिर

बाँकेका आठ स्थानीय तह मध्ये बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिका सबै भन्दा कम बेरुजु देखिएको छ ।


गत बर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत कोहलपुर नगरपालिकाकाे १.६६ प्रतिशत राप्तीसोनारी गाउँपालिकाकाे२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाकाे२.२९ प्रतिशत डुडुवा गाउँ पालिकाकाे २.७२ प्रतिशत जानकी गाउँपालिकाकाे २.८६ प्रतिशत नरैनापुर गाउँपालिकाकाे ३.०२ प्रतिशत र बैजनाथ गाउँपालिकाकाे ३.३४ प्रतिशतकाे लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।


बाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैजनाथ गाउँपालिकाको बेरुजु३ .३४ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु खजुरालगाउँपालिकाको आएको छ । खजुुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले आउने आर्थिक बर्षमा बेरुजु सुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।


प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउँदै आउने आर्थिक बर्षमा अपेक्षितरुपमा कमी आउने बताए । सबै भन्दा कम बेरुजु खजुरामा ’रदेखिएको छ ।




Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button