राजनीतिसमाचार

रेशम सलामी मगरको अध्यक्ष्यतामा १५ सदस्यीय समिति चयन : नेपाल मगर विद्यार्थी संघ कर्णाली प्रदेश

नेपालगन्ज ।
नेपाल मगर विद्यार्थी संघ कर्णाली प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशनबाट नयाँ नेतृत्वको घोषणा गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ कर्णाली प्रदेश समितिले सोमबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न अधिवेशनबाट रेशम सलामी मगरको अध्यक्षयतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

संघको उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष विक्रम सिं मन्दिर मगर , अठार मगरात भाषिक उपाध्यक्ष ललिता घर्ती मगर , बाह्र मगरात भाषिक उपाध्यक्ष दिपक पुन मगर , काइके मगरात भाषिक उपाध्यक्ष गोरख बुढा मगर , महिला उपाध्यक्ष निरुता पुन मगर , सचिव सपना पुन मगर , सह-सचिव कोषाध्यक्ष भावना थापा मगर , सदस्यमा करिना बुढा , तिर्थ बलामी मगर , निरज थापा मगर , प्रख्यात तारामी मगर , बिमल राना मगर चयन हुनुभएको छ ।

बाँकी अन्य सह-सचिव र एक सदस्य पछि थप गरिने निर्वाचन मण्डलका अध्यक्ष आशुराम सोमैंले जानकारी दिए । सो अवसरमा निर्वाचित कार्यसमितिलाई बधाई दिदैं प्रमुख अतिथि नेपाल मगर बिधार्थी संघ केन्द्रीय समितिको अध्यक्ष चित्र बहादुर पुलामी मगरले कर्णाली प्रदेशका विद्यार्थीहरुको शैक्षिक पक्षका साथ साथै सामाजिक र सांस्कृतिक पक्षको संरक्षण र रुपान्तरणमा पनि लाग्नु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार हरि थापा मगर , नेपाल मगर संघ केन्द्रीय कमिटिका सचिव आसुराम सोमै मगर , नेपाल युवा मगर संघ, केन्द्रीय समितिका महासचिव खडक थापा मगर , नेपाल मगर संघ कर्णाली प्रदेश समितिका मुख्य सचिव डम्मर गरंजा मगर , नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिल बहादुर बंसी मगर , नेपाल मगर बिधार्थी संघ केन्द्रीय समितिका महासचिव चन्द्र थापा मगर , नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज छिरिङ लाल थापा मगर लगायतको उपस्थिति रहेको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button