समाचार

नेपाल भारत सेवाका लागि अम्बिकेश्वरी यातायातको अन्तरक्रिया : नेपालगन्ज


अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालीले बुधबार नेपालगन्जमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

प्रालीले नेपाल तथा भारतमा रहेका यातायात ब्यवसायी, कर्मचारी तथा गाडी मालिकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

नेपालबाट भारतको विभिन्न स्थानमा जाने नेपालीहरु समस्यामा पर्ने, ठगिने र बीचबाटोमै अलपत्र पर्ने जस्ता घटनाहरु घटिरहेको अवस्थामा यातायात ब्यवसायमा सम्वद्द सबैलाई एउटै मञ्चमा राखेर प्रालीले समस्या समाधानको लागी पहलकदमी कार्यक्रम आयोजना गरेको प्रालीका अध्यक्ष गोपाल ओलीले जानकारी दिएका छन् ।

कार्यक्रममा यातायात मजदुर, ब्यवसायी तथा कर्मचारी र गाडी मालिकले अम्बिकेश्वरी सेवा सुबिधा यातायात प्रालीले नीति नियम र कानुनलाई मान्दै यातायात कर्मचारी, यात्रु र गाडी मालिकको समेत राम्रो हुने गरि काम गर्दै आएको बताएका थिए ।

साथै कार्यक्रममा प्रालीले काम गर्ने क्रममा आएका भब्यतब्यमा समेत साथ र सहयोग गर्दान गरेको भन्दै कृतज्ञता समेत दिएका थिए ।

कार्यक्रममा यातायात ब्यवसायी, कर्मचारी तथा गाडी मालिकहरुले ब्यवसायको चुनौती र सेवाग्राहीको सहजताको लागी गर्नु पर्ने कार्यहरुको बारेमा आआफ्नो धारणा समेत राखेका थिए ।

कार्यक्रमको अतिथिहरुमा अम्बेकशेवरी सेवासुविधा यातायात प्रालीका उपाध्यक्ष प्रकाश खत्री,जयमा दुर्गा टुर एण्ड ट्राभल्स काेटखाईका देबेन्द्र बुढा, जलजला टुर एण्ड ट्राभल्सका लिलामणि थापा, श्रीराम ट्रान्सपाेर्ट गुम्माका भिम बहादुर सुनार, सुर्यबंशि टुर ट्राभल्स सिम्लाका नरेश ओली, सेर सिंह ओली, भिम थापा, प्रालीका सचिव डम्बर केसी, प्रालीका इन्चार्ज दिलिप कार्की, दिलिप कार्की, मनाेज केसी, सागर आले, टीका भण्डारी, कृष्ण पुन लगायतको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button