
नेपालगन्जका युवा पुस्तामा लोकप्रिय तथा सबैको प्रिय व्यक्तित्वका रूपमा परिचित सौभाग्य जंग शाहले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको चुनाव चिन्ह ‘कप प्लेट’ रहेको छ ।

जेन–जी आन्दोलनका प्रिय दाजुका रूपमा चिनिएका शाह नेपालगन्जका युवामाझ मात्र नभई आम नागरिकको मनमा समेत गहिरो छाप छोड्न सफल व्यक्तित्व हुन् । स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनी बाँके क्षेत्र नम्बर २ का बलिया उम्मेदवारका रूपमा चर्चामा आएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू बलियो उम्मेदवार भएको दाबी गर्दै शाहले जेन–जीसँगै जेन–वाई पुस्ताको समेत उल्लेख्य समर्थन प्राप्त भएको बताए । युवा पुस्ताको साथ रहे जित सुनिश्चित हुने उनको भनाइ छ ।
राजनीतिक दलका नेताहरू जनताका सधैं आफ्ना नहुने भन्दै शाहले जनताका साँचो प्रतिनिधि स्वतन्त्र उम्मेदवार नै हुने धारणा व्यक्त गरे । त्यसैले यसपटकको निर्वाचनमा सबै मतदाताले ‘कप प्लेट’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले आग्रह गरेका छन् ।
बाँके क्षेत्र नम्बर २ का सम्पूर्ण आमाबुवा, जेन–जी, जेन–वाई तथा युवाहरूलाई लक्षित गर्दै शाहले आफ्ना परिवारका सदस्यहरूलाई समेत ‘कप प्लेट’ चुनाव चिन्हमा मतदान गर्न प्रेरित गर्न अपिल गरेका छन् ।
“म तपाईंकै दाइ, भाइ र छोरा हुँ,” उनले भने, “यसपटक प्रतिनिधि सभा निर्वाचनमा ‘कप प्लेट’मै मतदान गरेर साथ दिनुहोस् ।”




