
नेपालगन्ज
नेपालगन्ज कारकादोमा भइरहेको प्रादेशिक महोत्सवमा स्टलहरुले खरिद बिल माग्दा उपभोक्तालाई खरिद बिल अथावा रसिद नदिएको अधिकांस स्टल पसलमा देखिन्छन । तेस्तै महोत्सवमा लेबल र उत्पादन मिति नभएका गुणस्तरहीन वस्तुहरूपनि बिक्री वितरण भैरहेका छन ।
यस्ता घटनामा सरोकारवाला निकायको ध्यान आकर्षित हुन जरुरी सँगै स्थानीय प्रशासनले नियमित महोत्सव अनुगमन गरी गुणस्तरहीन वस्तुको चेकजाँच गरि उपभोक्ताहरु माथि हुने खेलवाडमा ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।
अधिकांश स्टलहरुमा भारतीय सामान राखिएको देखिन्छ । तेति मात्र होइन मेला भित्र खुलेयाम मदिरा , सुर्तीजन्य गुट्खाका जताततै देखिन्छ । तेस्तै प्रादेशिक मेलाले स्थानीय उत्पादन , कृषि , स्माट तथा डिजिटल युग देखाउन खोजेपनि यी सबै फाट्टफुट्ट देखिन्छन् र भएका स्टलमा अनुगमन समेत नभएको स्टल पसले बताउछन् ।
हेर्नुस् तस्बिर






