राजनीति

  • दाउरा खै मेयर ज्यु : जाडो बढ्यो

    नेपालगन्जनेपालगन्ज उपमहानगरले आफ्नै निर्णयलाई लत्याउँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ। १७ पुसमा बसेको विपद व्यवस्थापन समितिको बैठकले नगरवासीलाई चिसोबाट जोगाउन…

    Read More »
  • नेपालगन्ज जेसीज २०२५ का अध्यक्ष जेसी बेलबासे

    नेपालगञ्ज ।जेसि माधव प्रसाद बेलबासे नेपालगञ्ज जेसीजका अध्यक्ष भएका छन् । नेपालगन्ज जेसीजको ४३ औं शाखा अधिवेशनबाट बर्ष २०२५ का…

    Read More »
  • नेपालगन्जमा असफल बनाएर अन्तै मेला लगाउदै : आदिवासी

    मंसिर १९ गते बुधबार (atm)नेपाल आदिवासी जनजाति महासंघ बाँकेको कोहलपुर नगर समन्वय समिति कोहलपुरले आयोजना गर्न लागेको बृहत `प्रथम कृषि…

    Read More »
  • प्रदेश युवा सम्मेलनबाट १० युवा ‘आईकन अफ प्रदेश’ सम्मानित

    नेपालको पर्यटकीय राजधानी पोखरामा ‘गण्डकी प्रदेश युवा सम्मेलन’ शुरु भएको छ ।  नेपाल युवा परिषद्को आयोजनामा पोखराको रोयल महलमा शुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्  कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवाहरु विदेशिने ग्लोबल टेन भएको भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए ।  विदेश गएका युवाले देश र राष्टको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली थोपर्ने नहुने सुझाव दिए । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव तोयनाथ लम्साल, योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. कृष्ण देवकोटा, प्रेस रजिष्टार बिमला भण्डारी लगायतले युवाका बिषयमा मन्तब्य राखेका थिए ।  आजबाट शुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ । कार्यक्रममा आयोगका उपाध्यक्ष देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरुबीच वृहत छलफलपश्चात पोखरा घोषणापत्र समेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए । ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम) मा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ । तीनै तह अहिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको कुरा बानियाँले बताए।  कार्यक्रमको सहयोगी संस्था एनसेल फाउण्डेसन रहेको छ भने पोखरा महानगरपालिकाले सहयोग गरेको छ । यस्तै पोखरा नगर युवा परिषद्, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय युवा क्लव सञ्जाल गण्डकी प्रदेश, पोखरा रिसर्च सेन्टर, खल्ती लगायतका संस्थाले पनि सहयोग गरेका छन् । १० युवालाई ‘आईकन अफ प्रदेश’ परिषद्ले अन्य प्रदेशमा जस्तै यस प्रदेशमा बिभिन्न क्षेत्रहरुमा क्रियाशिल भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने १० जनालाई  ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरिएको छ । यसरी सम्मानित हुनेमा महिला तथा वालबालिका विद्यामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारितामा बिजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सुचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेश रजिष्टार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो ।  ‘आईकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेश गरेको थियो । 

    Read More »
  • सरुवा रोक्न कर्मचारीहरु आन्दोलित : बाँके

    बाँके ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको…

    Read More »
  • भरतपुर महानगरपालिकाको CCTV टेण्डरमा करोडौ को सेटिंग

    एक सीसीटिभी टेन्डर प्रक्रियामा भरतपुर महानगरपालिकाले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिकाले २०८१…

    Read More »
  • क्यान बाँकेको अध्यक्षमा जोशी निर्वाचित

    क्यान महासंघ बाँकेको अधिवेशनमा यज्ञ राज जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक…

    Read More »
  • मेला नै अनिश्चित ? कारण यस्तो : नेपाल आदिवासी जनजाति महासंघबाँके

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव…

    Read More »
  • दलितका समस्या समाधानका लागि राजनीतिक शक्ति आवश्यक

    कृष्णबहादुर विके रसाइलीसामाजिक विभेद् र दमनको शक्तिशाली संयोजनका कारण दलितहरु समाजमा दोस्रो दर्जाको नागरिकको रूपमा जिउन बाध्य भएका छन् ।…

    Read More »
  • उद्योग वाणिज्य संघको साधारसभा तथा अधिवेशन पुष १ गते

    कपिलवस्तु, कृष्णनगर कार्तिक २७ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको उद्योग वाणिज्य संघ कृष्णनगरको कार्यालयमा बसेको उद्योग वाणिज्य संघ कृष्णनगर कार्यसमितिको बैठकले…

    Read More »
Back to top button