राजनीतिसमाचार

बाँकेमा रासपाको टिकट सम्बन्धी भ्रामक प्रचारप्रति चेतावनी : विवेक कुमार श्रेष्ठ ।

नेपालगन्ज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नं. २ समितिले पार्टीको आधिकारिक प्रक्रिया विपरीत विभिन्न पदका लागि टिकट सुनिश्चित गराइएको भन्दै भइरहेको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिद्वारा जारी अपीलमा केही व्यक्तिहरूले प्रदेश सांसद, पालिका प्रमुख तथा वडा अध्यक्ष जस्ता पदका लागि आफूलाई उम्मेदवार घोषणा गरिएको भन्दै भ्रम सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ। यस्तो गतिविधि पार्टीको मूल्य–मान्यता, विधान तथा आधिकारिक प्रक्रियाविपरीत रहेको भन्दै पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पारिएको छ।
रास्वपाले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा अनुशासनात्मक कारबाही गरिने चेतावनी दिँदै यस विषयमा कुनै पनि प्रकारको लापरबाही सहन नसकिने जनाएको छ। साथै, पार्टीसँग सम्बन्धित WhatsApp समूहहरू नियमित निगरानीमा रहेको र नयाँ सदस्य थप गर्दा अनिवार्य रूपमा पहिचान खुलाएर मात्र समावेश गर्न आग्रह गरिएको छ।
समितिले सबै सदस्यहरूलाई पार्टीको छवि, अनुशासन र जनविश्वास जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
उक्त अपील रास्वपा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठद्वारा जारी गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button