
बाँके क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिनुभएका विवेक कुमार श्रेष्ठ ले मतदातासमक्ष भावनात्मक अपिल गर्नुभएको छ।
उहाँले भन्नुभयो, “मनसँग मन जोडिएको पार्टी रास्वपा हो। परिवर्तन, पारदर्शिता र जवाफदेहिताको राजनीति स्थापित गर्न हामी मैदानमा छौं। अन्तिम समयसम्म पनि यही आग्रह गर्दछु—यसपटकको भोट रास्वपालाई दिनुहोस्।”
श्रेष्ठले विगतका परम्परागत दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ सोच र नयाँ नेतृत्वमार्फत बाँके क्षेत्र नम्बर २ को विकासलाई तीव्र गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ।
चुनावी प्रचार–प्रसारको अन्तिम चरणमा प्रवेश गरिसकेको अवस्थामा उम्मेदवार श्रेष्ठले मतदातासँग घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै प्रत्यक्ष भेटघाटमार्फत समर्थन मागिरहनुभएको छ। उहाँले यसपटक बहुमतसहितको नयाँ विकल्पलाई सशक्त बनाउन मतदाताको निर्णायक भूमिका रहने उल्लेख गर्नुभयो।




