
नेपालगञ्ज ।
जेसि माधव प्रसाद बेलबासे नेपालगञ्ज जेसीजका अध्यक्ष भएका छन् ।
नेपालगन्ज जेसीजको ४३ औं शाखा अधिवेशनबाट बर्ष २०२५ का अध्यक्ष पदमा बेलबासे चयन भएका हुन् । कार्यकारी उपाध्यक्षमा जेसी प्रकाश कुवर , जेसि मोहित शर्मा र उपाध्यक्षमा उपाध्यक्ष जेसी संदिप भुजवा गुप्ता , जेसी लक्ष्मण पन्थी , जेसी अर्जुन महतो , जेसी सिद्धार्थ जंग शाह चयन भएका छन् ।
जेसी आदित्य कुमार गुप्ताको अध्यक्षतामा भएको साधारण सभामा नेपालगञ्ज जेसीजका पूर्व अध्यक्ष ज्युहरुको उपस्थितिमा शनिबार नेपालगन्ज जेसीज बर्ष २०२५ गठन भएको हो ।





