
मंसिर १९ गते बुधबार (atm)
नेपाल आदिवासी जनजाति महासंघ बाँकेको कोहलपुर नगर समन्वय समिति कोहलपुरले आयोजना गर्न लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ को तयारी भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बाँके कोहलपुरका नगर अध्यक्ष कृष्ण बहादुर पुन मगरको अध्यक्ष्यतामा हुन लागेको बृहत प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ को लागि व्यवस्थापन तथा उपसमितिको नाम , नम्बर र जिम्मेवारीको बाठफाट गरिएको भन्दै झुला पिङ्ग, स्टेज, स्टल, कलाकार व्यवस्थापन आदिका व्यवस्थापक अजय पुन मगर (गोपाल पुन) ले सामाजिक संजालमा राखेका छन । पुन सँगै अन्य १३ जनालाई विभिन्न जिम्मेवारीको संयोजकत्वमा नियुक्ति गरिएको छ । केहि महिना अगाडि अथवा कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जको वाटर पार्कमाप्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ भनेर व्यापक प्रचारप्रसार गरियता पनि विभिन्न बाहान बनाएर उक्त मेलालाई अनिश्चित दिन समय र महिना देखाएर गुप्तचर राखिएको थियो र मेला समेत लागेन ।
उता नेपाल आदिबासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा भन्नुहुन्छ आयोजकले मेलाको तयारीबारे तिब्र तयारी र प्रचारप्रसारमा सबै जुटेका थियौ कारणबस मेला लगाउन सकेनउ । हामीले निकै कोशिस गरेका होैं हामीलाई मेला नलगाउन धेरै जना आआफ्ना ढङ्गबाट भित्रि रुपमा लागे र असफल बनाएरनै छाडे तर हामी कसरी हुन्छ नेपालगन्जमा मेला लगाएरै छाड्ने बताए ।




