
गोपाल नीना फाउन्डेशन नेपालको आयोजनामा मिति २०८२ साल चैत १४ गते शनिबार बाँकेको नरैनापुर गाउँपालिकामा निःशुल्क एकदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
फाउन्डेशनका प्रबन्धक दिलीप गिरीका अनुसार संस्थाले निरन्तर सामाजिक कार्य गर्दै आएको छ भने दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यस्तो शिविर आयोजना गरिँदै आएको छ। उनले शिविरमार्फत अनुभवी चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि समेत वितरण गरिने जानकारी दिए।
विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गरी सञ्चालन हुने उक्त शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रमबाट सयौं नागरिक लाभान्वित भइसकेका छन्।
उक्त स्वास्थ्य शिविर शनिबार बिहान १० बजेदेखि नरैनापुर गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने गिरीले बताए। शिविरमा सहभागी भई सेवा लिन सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ।




