राजनीतिसमाचार

हरपल होलिस्टिकद्वारा केयर गिभरलाई प्रमाणपत्र

नेपालगन्ज ।
हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर प्रा.लि. ले केयर गिभर तालिम सम्पन्न गरेका विद्यार्थीहरुलाई एक विशेष कार्यक्रम गरि प्रमाणपत्र वितरण गरेको छ।

नेपालगन्जस्थित होटल स्वस्तिक कटेज मा आयोजित उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्ले प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर का न्युरो सर्जन डा. सुवोध गौतम, डा. अस्मिता नेपाल, डा. सना किदुवाई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो।

संस्थाकी सचिव सुमन गिरी का अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले छोटो समयमै संस्थाले समाजमा गरेको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रमको सञ्चालन तालिमरत विद्यार्थी सुन्दर पाण्डे ले गर्नुभएको थियो भने अध्यक्षता संस्थाकी अध्यक्ष बसन्ता बि.सी. ले गर्नुभएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष डा. खेमा भण्डारी ले राख्नुभएको थियो। त्यस्तै शुभकामना मन्तव्य प्रमुख अतिथि काफ्ले, डा. सुवोध गौतम, डा. सना किदुवाई, अभिवक्ता कपिल घिमिरे, कानुन समाज सेवा बाँकेका अध्यक्ष छत्र सुनार, लोक दर्शन श्रेष्ठ, केपी घिमिरे लगायतले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाकी अध्यक्ष बसन्ता बि.सी. ले संस्थाको स्थापना र विकासक्रमबारे जानकारी दिँदै ६ जना सदस्यको सहकार्यमा जग्गा लिजमा लिएर ५० लाखभन्दा बढी लगानीमा नेपालगन्ज उपमहानगरपालिका–२० राझामा आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गरिएको बताउनुभयो।

कार्यक्रमले केयर गिभर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै समाजसेवामा संस्थाले पुर्‍याइरहेको योगदानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button