राजनीतिसमाचार

नेपाल रेडक्रस सोसाइटी प्युठानको ४०औँ वार्षिक साधारण सभा सम्पन्न

प्युठान — नेपाल रेडक्रस सोसाइटी, प्युठान जिल्ला शाखाको ४०औँ वार्षिक साधारण सभा शाखा सभापति श्री गुमानराज पुलामीको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख श्री धरम बहादुर जिसी रहनु भएको थियो। त्यसैगरी विशेष अतिथिहरूमा प्युठान नगरपालिकाका प्रमुख श्री विष्णु योगी, मल्लारानी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर खड्का तथा प्रमुख जिल्ला अधिकारी श्री शान्तिराज प्रसाई लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न संघ–संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अठार उपशाखाका प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले मानव सेवामा रेडक्रसको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै विपद् तथा मानवीय सेवामा संस्थाले खेलेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा शाखा सभापति गुमानराज पुलामीले रेडक्रसको मूल मर्म ‘मानव सेवा नै धर्म हो’ भन्ने भावनालाई आत्मसात गर्दै संस्था निरन्तर सेवामा समर्पित रहेको बताउनुभयो। उहाँले सबै सहयोगी संस्था, स्वयंसेवक तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाले हरेक वर्षझैँ यस वर्ष पनि विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ। जसअनुसार:

(१) तुलक स्मृति पुरस्कार

  • स्वयंसेवक दोण प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी बाङ्गेसाल उपशाखा
  • शिक्षक नायक कृष्ण बहादुर केसी, महेन्द्र मावि खलंगा
  • सर्कल छात्र/छात्रा रञ्जित सुनुवार, प्रभात मावि आहाल खोला

(२) विद्यालय संरक्षक तर्फ

  • इन्द्रमणि पोख्रेल, प्रधानाध्यापक, जनता मावि वाग्दुला
  • युग बहादुर केसी, प्रधानाध्यापक, खरा मावि रजबारा
  • कुल बहादुर रोका, प्रधानाध्यापक, पद्मोदय मावि धुबाड
  • बासुदेव खनाल, प्रधानाध्यापक, अमर मावि भिंगृ

(३) उत्कृष्ट सफल विद्यालय

  • जनकल्याण आधारभूत विद्यालय, ऐरावती हर्नाघाट

(४) उत्कृष्ट उपशाखा

  • नेपाल रेडक्रस सोसाइटी माण्डवी उपशाखा

तेस्तै कार्यक्रममा सभापति, मन्त्री र कोषाध्यक्षक प्रतिवेदन प्रस्तुत गर्नुको साथै विभिन्न सम्मानित व्यक्ति तथा संस्थाहरूलाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाका मन्त्री श्री दामोदर शर्माले गर्नु भएको थियो।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button