अर्थ/वाणिज्यराजनीतिसमाचार

मेला नै अनिश्चित ? कारण यस्तो : नेपाल आदिवासी जनजाति महासंघबाँके

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ को तयारी अन्तिम चरणमा पुगे पनि मेला भने सुरु हुन सकेन ।

मेला सचिवालयका अनुसार तयारी पुरा नभएको कारण मेला सुरु गर्न नसकिएको आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ का संयोजक डम्बर थापा मगरका अनुसार मेला अनुमति वाटर पार्कमा लगाउने भएपनि वाटरपार्कमा प्रसस्त्र पानीको कारण मेला सुरु हुनु नसकेको बताए ।

औपचारीक रुपमा कार्तिक २९ गते उद्घाटन गरी मंसिर १८ गते सम्म मेला संचालन गरिने अनुमति तथा निर्णय भैसकेतापनि मेला समितिले विविध कारण देखाउदै मेला मंसिर ६ गतेदेखि १८ गतेसम्म लाग्ने निर्णय गर्यो । निर्णय लगत्तै मेला प्रचारप्रसारमा तिब्र बढाए पनि मेला नजिकिदै गर्दा विभिन्न कारण देखाउदै मेला अनिश्चितकालका लागि सारिएको सचिवालय समितिका संयोजक राजन राना मगरले बताउनु भयो ।

मेला आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका संयोजक डम्बर थापाका अनुसार ३-३ पटक मेलाका लागि भनी पानी सुकाउदा पनि पानी नसुकेपछि मेला लाउन अफ्ठ्यारो भएको र बाँके जिल्ला प्रशासन कार्यलयले पनि मेला लामो समय रयो हामीलाई सुरुक्षा दिन नसक्ने बताए पछि मेला छोट्याएको र बारम्बार पानी फाल्दा पनि नसुकेकाले मेला अनिश्चितकालका लागि स्थगित गरेको बताए ।

उता मेला लाग्ने भएपछि अधिकांश जनजाति खुसि रहेको पाइन्थ्यो । नेपालगन्जमा पहिलोपटक आयोजना गर्न लागेको वृहत् मेलाले बाँकेमा नमुना काम हुने अधिकांश आदिवासीले बताए तर मेला भने बिना विज्ञप्ति र जानकारी बिना नै स्थगित भएको प्रति गुनासो गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button