राजनीतिसमाचार

नेफिन बाँकेको अध्यक्षमा महेन्द्र बहादुर थारू

नेपाल आदिवासी जनजाति महासंघ बाँके जिल्ला समन्वय समितिको ७औं जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशन डम्बर थापा मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश समितिका मुख्य सचिव लिला बहादुर कुमहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अधिवेशनले महेन्द्र बहादुर थारूको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समन्वय समिति गठन गरेको छ। उपाध्यक्षमा सीता श्रेष्ठ, माईली तामाङ, मिना कुमारी पुन मगर र आङ पासाङ शेर्पा तेस्तै सचिवमा राजन राना मगर, कोषाध्यक्षमा : प्रेम बहादुर गुरुङ, सह-सचिव लालबहादुर थापा मगर, ललिता कुमारी चौधरी र चन्दा गुरुङ सर्वसम्मत निर्वाचित गरिएको हो ।

अधिवेशनमा वक्ताहरूले आदिवासी जनजातिहरूको अधिकार, पहिचान र समानुपातिक सहभागिताको विषयमा जोड दिएका थिए। साथै, संगठनलाई जिल्लास्तरमा अझ सक्रिय, प्रभावकारी र एकीकृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

निवर्तमान अध्यक्ष डम्बरबहादुर थापा मगरले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई दिदै आदिवासीजनजातिका हितमा माम गर्न सुझाब दिनु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button