समाचारसाहित्य

नेपालगन्जमा माघे संक्रान्तीको भब्य कार्यक्रम हुने ।

नेपालगन्ज ।
मगर भाषा, संस्कृति र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालगन्ज २० राझा एयरपोर्टमा माघ १ गते माघी मिलन कार्यक्रम हुने भएको छ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा न.२० मा माघे संक्रान्ति कार्यक्रम हुने भएको हो ।

नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका बाँकेको आयोजना र नेपालगन्ज उपमहानगर वडा न. १ र २० को सहकार्यमा हुने माघे संक्रान्ति कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती साथै मगर संस्कृति झल्कने नृत्य , मगरका खानाका परिकार स्टल तथाशुभकामना आदानप्रदान हुने नेपालगन्ज नगर अध्यक्ष तथा कार्यक्रम संयोजक राजन राना मगरले बताउनुभयो ।

माघे संक्रान्ति कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद माया पुन रहने आयोजकले जनाएको छ भने माघे संक्रान्ति कार्यक्रममा उच्च पदमा रहेका कर्मचारी , राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजिवी, शिक्षक, पत्रकार, खेलाडी लगायतका मगरहरुलाई उपस्थिति भइदिन आग्रह गर्नुभएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button