राजनीतिसमाचार

नेपाल मगर संघ नेपालगञ्जको अध्यक्षता दिनेश थापा मगर

नेपाल मगर संघ नेपालगञ्ज उप–महानगरपालिका समितिको आयोजनामा ५औँ महाधिवेशन नेपालगञ्ज ०४ स्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भएको छ।

नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगरको संयोजकत्वमा भएको महाधिवेशनमा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर र विशिष्ट अतिथि नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

महाधिवेशनले पाँचौँ महाधिवेशनबाट दिनेश थापा मगरको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष, शोभा थापा मगर, सचिव, मान बहादुर थापा मगर, सहसचिव मिना घर्ती मगर, कोषाध्यक्ष, राष्ट्री बुढा मगर र सदस्यहरुमा दिपा राना मगर, अस्मिता पुन मगर, गोबिन्द सलामी मगर, अमृता रानन मगर, स्वेता थापा मगर, रेनु थापा मगर, नवल सिङ मगर, भबि मगर, हिमा मगर, खिम बहादुर राना मगर, जानकी चुहान मगर लगायत १९ नयाँ कार्यसमिति चयन गरिएको छ। चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य तथा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले सपथ ग्रहण गराउनु भएको थियोे ।

महाधिवेशनमा संगठन सुदृढीकरण, मगर समुदायका हक–अधिकार, भाषा, संस्कृति संरक्षण तथा भावी कार्ययोजनाबारे छलफल गरिएको थियोे भने नेपाल मगर संघ नेपालगञ्ज उप–महानगरपालिका समितिको आयोजनामा ५औँ महाधिवेशनको कार्यक्रम संचालन निवर्तमान सचिव जनक पहराइ मगरले गर्नु भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button