
नेपालगन्ज ।
नेवा:पुच बाँकेले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालगन्जमा धुमधामका साथ गाईजात्रा मनाईने भएको छ ।
नेपाली पात्रो अनुसार यस वर्ष गाईजात्रा साउन २५ गते परेको छ । यस अघि नै गाईजात्रा मनाउने सम्बन्धमा छलफल भईसकेको नेवा:पुच: बाँकेका अध्यक्ष जितेन्द्र जोशीले जानकारी दिए ।
नेवा:पुच बाँकेको कार्यसमिति, गुठीहरु पार्सद र मृतक परिवारहरुको बसेको बैठकले नेपालगन्जमा यस वर्ष पनि गाईजात्रा धुमधामका साथ मनाउने निर्णय गरिए सँगै कार्यक्रमको संयोजक तथा कार्यबाहक अध्यक्ष हरिसचन्द्र श्रेष्ठको अध्यक्ष्यतामा कार्यक्रम भब्य रुपमा तयारी रहेको सचिव विवेक श्रेष्ठले बताउनुभयो ।
‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ यस वर्ष २०८२ साउन २५ गते गाईजात्रा नेपालगन्जमा मनाईनेछ ।






